पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद   

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२ पटक हेरिएको
Shares
पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद   

सारांश

  • १९ चैत, महोत्तरी ।
  • महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ ।
  • लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।

१९ चैत, महोत्तरी ।

महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो । पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद गरिएको ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीले जानकारी दिनुभयो । सोमबार साँझ बिपी राजमार्गको बर्दिबास–३ गौरीडाँडास्थित ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ नम्बरको ट्रक जाँच गर्दा ट्रकको हुटमाथि प्लाष्टिकमा बेरिएको दुई क्विन्टल ३५ किलो गाँजा बरामद गरिएको थियो ।

गाँजासँगै ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । यसअघि यही चैत ३ गते सोही ठाउँमा सिन्धुलीबाट बर्दिबासतर्फ आइरहेको बा३ख ५८३२ नम्बरको ट्रक जाँचका क्रममा ५४७ किलोग्राम गाँजा बरामद गरिएको थियो । चालक सिन्धुपाल्चोकको बाह्रबिसे–७ का ३७ वर्षीय सलिन मगरलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।

यस्तै ब्यूरोको टोलीले चैत ८ गते ढल्केबर जनकपुर सडकखण्डको लक्ष्मीनियाँचोकमा मधेस प्रदेश–०३–००२–ख २५२० नम्बरको ट्रक जाँचका क्रममा पाँच क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो । यस क्रममा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिन्तानलाई पक्राउ गरी आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।

पहाडी जिल्लाबाट ठूलो परिमाणमा गाँजाको ओसारपसार हुँदै आएको छ । गाँजा तस्करले महोत्तरीको बर्दिबासलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएका छन् । बर्सेनि बर्दिबास सेरोफेरोबाट ठूलो परिमाणमा गाँजा बरामद गरिँदै आएको छ । भरिया र चालक पक्राउ परेपनि मुख्य कारोबारीसम्म प्रहरी पुग्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड
एमाले संसदीय दलको बैठक आज
एमाले संसदीय दलको बैठक आज
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
मानव जीवनका लागि ऊर्जा अक्सिजन सरह : ऊर्जामन्त्री खड्का
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने
आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने