मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्यौट

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र १३, २०८१
|
|
२ पटक हेरिएको
Shares
मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्यौट

सारांश

  •   १३ चैत, मुस्ताङ ।
  •   हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१-८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।
  • गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका  कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्छ्यौट भएको हो ।

१३ चैत, मुस्ताङ । 

हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१-८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका  कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्छ्यौट भएको हो ।

मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गतवर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फर्छ्यौट भएको हो । यस्तै, गत वर्ष र चालु वर्षका कूल १६ थान फौजदारी मुद्दामध्ये सात थान मुद्दा अदालतबाट फर्छ्यौट भइसकेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए ।

उनका अनुसार मुस्ताङ अदालतमा देवानीतर्फ दुई थान र फौजदारी मुद्दातर्फ नौ थान गरी कूल ११ थान मुद्दा फर्छ्योट हुन बाँकी रहेको छ । मुस्ताङ जिल्ला अदालतबाट गत आवमा दर्ज भएका देवानीतर्फका दुई थान मुद्दामध्ये दुई वटै फर्छ्योट भएका छन् । गत वर्षदेखि चालु वर्ष जिम्मेवारी सरेको अंशसम्बन्धी एक र सम्बन्ध विच्छेद एक गरी दुई थान मुद्दा यस वर्ष फर्छ्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प ,वायु प्रदूषण `रेड जोन´मा
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
कारागारभित्रै थुनुवाको मृत्यु
कारागारभित्रै थुनुवाको मृत्यु
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदै
संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदै
सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना
सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु
पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु