गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२ पटक हेरिएको
Shares
गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन

सारांश

  •   १५ फागुन , ।
  •   जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ ।
  •   गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

 

१५ फागुन , ।  जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ ।  गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताउनुभयो । उहाँका अनुसार गत आव २०८०र८१ मा रु ५८ लाख ४० हजार पाँच सय १० भेटी सङ्कलन भएको थियो । यस वर्ष नियमिततर्फ रु २५ लाख १५ हजार पाँच सय ४७ तथा मेलापर्व र विशेष अवसरमा गरी रु २६ लाख छ हजार छ सय छ भेटी सङ्कलन भएको रेग्मीले जानकारी दिनुभयो । बुधबारको महाशिवरात्रि पर्वमा रु चार लाख ३३ हजार सात सय ७४, मङ्सिरको बालाचर्तुदशीमा रु छ लाख ६१ हजार दुई सय ९४ र साउने सोमबारको मेलामा रु १५ लाख ११ हजार पाँच सय ३८ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिनुभयो ।

शिवरात्रि पर्वको भेटी आज बिहान कोषका पदाधीकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । अन्य शीर्षकमा रु २१ लाख ४२ हजार पाँच सय २९ सहित कोषले साउनदेखि हालसम्म रु ७२ लाख ६४ हजार छ सय ८२ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो ।  मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने गरिएको सचिव बानियाँले बताउनुभयो । नियमित पूजाबाट तथा महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।  उहाँका अनुसार धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।  हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई
न्यूजिल्याण्डका जिम्मी निशम जनकपुरबाट एनपीएल खेल्ने
न्यूजिल्याण्डका जिम्मी निशम जनकपुरबाट एनपीएल खेल्ने
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक
हिमालीे परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण आवश्यक