इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या

Raju Yadav Raju Yadav
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
२ पटक हेरिएको
Shares
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या

सारांश

  •   १० फागुन, काठमाडौं ।
  • युद्ध विरामअन्तर्गत सम्झौताको पहिलो चरण समाप्त हुन बाँकी हुँदै पुन: इजरायली सेनाले २ प्यालेस्टिनी बालकको हत्या गरेको छ ।
  • नब्लस, टुल्कारेम, जेनिन र हिब्रोन क्षेत्रमा छापा मारेर इजरायली सेनाले दुई बालकको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

 

१० फागुन, काठमाडौं । युद्ध विरामअन्तर्गत सम्झौताको पहिलो चरण समाप्त हुन बाँकी हुँदै पुन: इजरायली सेनाले २ प्यालेस्टिनी बालकको हत्या गरेको छ । नब्लस, टुल्कारेम, जेनिन र हिब्रोन क्षेत्रमा छापा मारेर इजरायली सेनाले दुई बालकको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफा र स्थानीय स्रोतहरूका अनुसार, हिब्रोनमा १३ वर्षीय बालक आयमन नासिर अल-हैमूनीलाई इजरायली सेनाले गोली हानेर हत्या गरेको हो । उनलाई आफन्तलाई भेट्न जाँदा छातीमा गोली लागेको थियो र अस्पतालमा पुर्‍याइएको केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै, जेनिनमा १३ वर्षीया बालिका रिमास अल-अमौरीलाई पेटमा गोली हानिएको थियो।

उनलाई पनि अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको अलजजिराले जनाएको छ । जेनिनमा एक व्यक्तिलाई इजरायली सेनाले गाडीबाट घिसारेर गिरफ्तार गरेको छ भने जलाजोन शरणार्थी शिविरमा एक कैदीका छोरालाई पनि गिरफ्तार गरेको अलजजिराले लेखेको छ । शनिबार गाजा युद्धविराम सम्झौता अनुसार रिहा हुन लागेको प्यालेस्टिनी बन्दीको घरमा पनि इजरायली सेनाले छापा मारेको छ । आजमात्रै ६०२ प्यालेस्टिनी र ६ जना इजरायली बन्दी रिहा हुँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?