१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
सारांश
- २ फागुन, काठमाडौं : १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथ रहेका छन्।
- उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

२ फागुन, काठमाडौं : १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथ रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

चन्द्र प्रसादले ती बालिकालाई सोही गाउँपालिका-४ बगब्डवास्थित रानीवनको जंगलमा लगेर बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियो। सोही आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले पीडितलाई स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पठाएको र घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।


प्रतिक्रिया