तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलको माग

Raju Yadav Raju Yadav
|
बुधबार, माघ २, २०८१
|
|
२ पटक हेरिएको
Shares
तत्काल संसद् अधिवेशन आह्वान गर्न प्रतिपक्षी दलको माग

सारांश

  •   २ माघ, काठमाडौं-प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न  तत्काल संसद् अधिवेशन आह्वानको माग गरेको हो ।
  • “जनप्रतिनिधिको संस्थालाई छलेर सरकारले यसरी नै काम अघि बढाइरह्यो भने संसद्को विशेष अधिवेशनसमेत बोलाउन प्रयास  हाम्रो समझदारी बनेको छ”, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बैठकपछि भने।

२ माघ, काठमाडौं-प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न  तत्काल संसद् अधिवेशन आह्वानको माग गरेको हो । “जनप्रतिनिधिको संस्थालाई छलेर सरकारले यसरी नै काम अघि बढाइरह्यो भने संसद्को विशेष अधिवेशनसमेत बोलाउन प्रयास  हाम्रो समझदारी बनेको छ”, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बैठकपछि भने।

संविधानअनुसार  संसद् अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सङ्ख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले बैठक आह्वान गर्न सक्ने व्यवस्था छ । विशेष अधिवेशन आह्वानको प्रस्ताव राष्टपतिसमक्ष प्रस्तुत गर्न कम्तीमा ६९ सदस्यको हस्ताक्षर आवश्यक हुन्छ ।  बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल आम आदमी पार्टीलगायत पार्टीका नेताहरु सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै
बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान
च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो