बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा

Raju Yadav Raju Yadav
|
बुधबार, माघ २, २०८१
|
|
२ पटक हेरिएको
Shares
बेलायतकी अर्थमन्त्रीले दिइन् राजीनामा

सारांश

  •   २ माघ,  ।
  • बेलायतकी अर्थमन्त्री ट्युलिप सिद्दकीले राजीनामा दिएकी छिन् ।
  • बङ्गलादेशमा चलिरहेको भ्रष्टाचार विरोधी अनुसन्धानको विषयमा बढ्दो दबाबको बीचमा उनले पदबाट राजीनामा दिएको विश्लेषणहरू आइरहेका छन् ।

२ माघ,  । बेलायतकी अर्थमन्त्री ट्युलिप सिद्दकीले राजीनामा दिएकी छिन् । बङ्गलादेशमा चलिरहेको भ्रष्टाचार विरोधी अनुसन्धानको विषयमा बढ्दो दबाबको बीचमा उनले पदबाट राजीनामा दिएको विश्लेषणहरू आइरहेका छन् ।  ट्युलिप बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाकी दिदीकी छोरी हुन् । हसिनासँगको आफ्नो पारिवारिक सम्बन्धले प्रधानमन्त्री किर स्टार्मर सरकारको कामकाजमा अवरोध उत्पन्न

नगराओस् भनेर उनले राजीनामा दिएको बताइएको छ ।  गत हप्ता मात्रै ट्युलिपले आफूले केही गलत नगरेको प्रमाणित गर्ने प्रयासमा बेलायती प्रधानमन्त्रीका स्वतन्त्र सल्लाहकार सर लौरी म्याग्नसलाई आफूमाथि लागेका आरोपबारे जानकारी गराएकी थिइन् । उनीमाथि लन्डनस्थित आफ्नो सम्पत्तिको उचित प्रयोग नगरेको र आर्थिक मामिलामा पारदर्शिता कायम नगरेको आरोप पनि छ ।

स्टार्मरले ट्युलिपको राजीनामा स्वीकृत गरेका छन् । आफ्ना लागि यो निर्णय लिन गाह्रो भएको तर बेलायती सरकारको लक्ष्य प्राप्त गर्न यो सही निर्णय सही भएको स्टार्मरले भनेका छन् । बङ्गलादेशमा भ्रष्टाचारको मुद्दामा सञ्चार माध्यमहरूले ट्युलिप सिद्दिकको नाम लिएका थिए । बङ्गलादेशमा केही सम्पत्ति अवैध रूपमा प्राप्त गरेको आरोप उनको परिवारमाथि लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार
देशभर जारी भयो कर्फ्यू आदेश
देशभर जारी भयो कर्फ्यू आदेश
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष दाहाल
वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रको निधन
वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रको निधन
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु