दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो

Raju Yadav Raju Yadav
|
शुक्रबार, पौष ५, २०८१
|
|
४ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो

सारांश

  •   ५ पुस, काठमाडौँ, ५ पुस : मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ।
  • दोस्रो पटक दर्ता भएको  बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च हाजिर गराइएको हो ।
  • उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।

 

५ पुस, काठमाडौँ, ५ पुस मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। दोस्रो पटक दर्ता भएको  बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च हाजिर गराइएको हो ।

उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।  यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए । तर उक्त निवेदन खारेज भएको थियो । सर्वोच्चले शुक्रवार उनलाई थुनामा राखेर भइरहेको अनुसन्धान कानुनसम्मत देखेमा रिट खारेज गर्ने छ भने गैरकानुनी देखेमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।  प्रहरीले उक्त अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यस्तै सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने तयारी गरेपछि उनले आफू क्यान्सरको बिरामी भएको तर एकपछि अर्को मुद्दामा दुःख दिने नियत राखेर पक्राउ गर्ने अनि अदालत पेस गर्ने गरेको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?