अख्तियारको कारबाही ‘तल्लो तह’मै सीमित

Raju Yadav Raju Yadav
|
बिहिबार, आश्विन १७, २०८१
|
|
२ पटक हेरिएको
Shares
अख्तियारको कारबाही ‘तल्लो तह’मै सीमित

सारांश

  •   १७ असोज, काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका विभिन्न प्रकृतिका भ्रष्टाचार मुद्दाहरू गैरराजनीतिक व्यक्ति तल्लो तहका कर्मचारीहरुमा सीमित रहेको पाइएको छ ।
  • अख्तियारले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा सबैजसो भ्रष्टाचारमुद्दामा तल्लो तहका व्यक्तिहरु मुछिएको देखिन्छ ।

 

१७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका विभिन्न प्रकृतिका भ्रष्टाचार मुद्दाहरू गैरराजनीतिक व्यक्ति तल्लो तहका कर्मचारीहरुमा सीमित रहेको पाइएको छ ।

अख्तियारले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा सबैजसो भ्रष्टाचारमुद्दामा तल्लो तहका व्यक्तिहरु मुछिएको देखिन्छ । प्रतिवेदन हेर्दा अख्तियार संघीय तहका अनियमिततामा स्थानीय तहका जनप्रतिनिधिमा ज्यादा केन्द्रित भएको देखिन्छ । कर्मचारीहरु जोडिएको भ्रष्टाचार मुद्दामा माथिल्लो तहमा भन्दा तल्लो तहका कर्मचारीमाथि कारबाही भएका उदाहरण बढी भेटिन्छन् । नक्कली प्रमाणपत्रदेखि घुस र गैरकानुनि सम्पत्ति जोडेका भ्रष्टाचारमुद्दाहरु यस्तै प्रकृतिका छन् । गैरकानुनी लाभहानीका मुद्दामा अख्तियारले गतवर्ष १०२९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दामा गैरकानुनी लाभहानीको आरोप थियो । त्यो मुद्दामा बाहेक कोही पनि संघीय तहको राजनीतिज्ञ परेका छैनन् ।

स्थानीय तहका ६२ जनालाई मुद्दा दायर गरिएको छ । गैरकानूनी लाभहानीमा १०१ जना अधिकृत, ९५ जना सहायक कर्मचारी छन् । भ्रष्टाचारमा मतियार भएको आरोपमा झण्डै ६०० जनामाथि मुद्दा दायर भएको थियो । गैरकानुनी लाभहानीको मुद्दामा एक हजार जनाभन्दा बढीलाई मुद्दा चलाएउदा अधिकृत भन्दा तल्लो तहका ८०० जना जति छन् । रंगेहात घुसका मुद्दामा पनि माथिल्ला तहका सार्वजनिक पदाधिकारी देखिंदैनन् । ८४ जना घुसको मुद्दामा मुछिएकोमा सहायक कर्मचारी ३० जना छन् भने बिचौलिया २४ जना छन् । उपसचिवभन्दा माथिल्लो तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधि बाहेक माथिल्लो ओहोदामा बसेकाहरु घुस खाएको आरोपमा मुछिएका छैनन् ।

नक्कली प्रमाणपत्रको भ्रष्टाचारमा पनि एकजना मात्रै मनोनित राजनीतिज्ञ परेका छन् । गतवर्ष ३४ वटा मुद्दा दायर भएकोमा ११ जना शाखा अधिकृत र १५ जना खरिदार तहका कर्मचारी परेका छन् । ३ जना उपसचिवलाई अपवाद मान्ने हो भने अधिकृत र त्योभन्दा तल्लो तहका कर्मचारीहरुले मात्रै नक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक पदमा पुगेर भ्रष्टाचार गरेको अख्तियारको तथ्यांकबाट देखिन्छ ।सार्वजनिक सम्पत्तिको हानीनोक्सानीको मुद्दामा १९ जना स्थानीय जनप्रतिनिधिविरुद्ध मुद्दा चलेको छ । २४३ जनामा सहायकस्तरका कर्मचारी र सयभन्दा बढी बिचौलियामाथि अभियोग लाग्दा अपवादस्वरुप एक जना प्रदेशमन्त्री विरुद्ध मुद्दा चलेको छ । ११६ जनाले राजस्व चुहावटको अभियोगमा भ्रष्टाचारको सामना गर्दा शाखा अधिकृत तलका र बिचौलिया गरेर ९० जना प्रतिवादी छन् । त्यो अभियोगमा १४ जना जनप्रतिनिधिमाथि मात्रै मुद्दा चलेको छ ।

गलत लिखत तयार पारेको अभियोगमा पनि त्यस्तै प्रवृति देखिन्छ । करिब १५ सय मुद्दा चलेकोमा आधाजसो बिचौलिया भनिएका व्यक्तिविरुद्ध मुद्दा छ । माथिल्लो तहका व्यक्तिहरु भ्रष्टाचारमा संलग्न हुने तर प्रमाण नभेटिने गरेको अवस्थामा उनीहरुको सम्पत्ति छानबिन गरेर गैरकानुनी सम्पत्तिआर्जन(अकुत) सम्पत्तिको मुद्दा दायर गरिन्छ । तर, अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानलाई पनि तल्लो तहमा सीमित गरेको छ । २८ जनामाथि अकूत सम्पत्ति आर्जनको मुद्दा चलेकोमा २४ जना शाखा अधिकृत वा त्योभन्दा तल्लो तहका कर्मचारी छन् ।सूचना प्रविधि क्षेत्रको श्रृङखलावद्ध भ्रष्टाचारमा मुछिएका विकल पौडेल र सुनिल पौडेलमात्रै त्यसको अपवादको रुपमा देखिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
बढ्यो सुनको मूल्य , आज तोलाको कति?
बढ्यो सुनको मूल्य , आज तोलाको कति?
यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पराजित
यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पराजित
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै
सर्लाहीको पूर्वीक्षेत्रमा विद्युत् सेवा अवरुद्ध, बिहानदेखि मर्मत गरिँदै