न्युरोडको फूटपाथ बिस्तारमा स्थानीयको अवरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ४, २०८१
|
|
१ पटक हेरिएको
Shares
न्युरोडको फूटपाथ बिस्तारमा स्थानीयको अवरोध

सारांश

  •   ४ साउन, काठमाडौं ।
  • काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् ।
  • न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा  नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।

४ साउन, काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् ।

न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा  नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो ।

सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
भोजपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४९ हजार ९ सय
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४९ हजार ९ सय
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी
भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो, नरेन्द्र मोदी
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
पार्किङ हटाइएपछि सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित
पार्किङ हटाइएपछि सटर बन्द गरेर न्युरोडका व्यवसायी आन्दोलित