नक्कली लाइसेन्स प्रकरण : ७ जना सीआईबीको हिरासतमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २१, २०८१
|
|
२ पटक हेरिएको
Shares
नक्कली लाइसेन्स प्रकरण : ७ जना सीआईबीको हिरासतमा

सारांश

  • २१ वैशाख, काठमाडौं ।
  • नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।
  • केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ ।

२१ वैशाख, काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा पक्राउ परेका सातै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले नक्कली लाइसेन्स बनाउने काममा संलग्न भएका कर्मचारीदेखि नक्कली लाइसेन्स लिनेसम्मलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ३ जना नक्कली लाइसेन्स बनाउने काममा संलग्न छन् भने ४ जना नक्कली लाइसेन्स लिनेहरु रहेको एसपी बोगटीले बताए ।

प्रहरीले वैशाख १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ गरेका थिए । गत सोमबारमात्रै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको थियो ।         

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?