एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन

सारांश

  • ८ वैशाख, काठमाडौं ।
  • नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका छन् ।
  • बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

८ वैशाख, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका छन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । यस्तै अन्य विभिन्न आयोगका प्रतिवेदन पनि प्रस्तुत भएका छन् । केन्द्रीय लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोगले पनि प्रतिवेदन प्रस्तुत भएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा भोलि (आइतबार) सम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी हुनेछन् ।

आयोगका प्रतिवेदनबाहेक एमालेले पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समीक्षा गर्ने, मिसन ग्रासरुट, मंसिरमा गरेको झुलाघाट चिवाभञ्याङ सङ्कल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्नेछ । एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसर पारेर वैशाख १० गते हीरक महोत्सव मनाउन लागेको छ ।

https://drive.google.com/file/d/1lJZhg1ceqBuohd04jwSqaKlvlvFrMmyF/view

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?