गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १३, २०८०
|
|
४ पटक हेरिएको
Shares
गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’

सारांश

  • १३ माघ,  काठमाडौं ।
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् ।
  • हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् ।

१३ माघ,  काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् ।

हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् । अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् । यो यात्रा २६ माघसम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म चल्नेछ । यसअघि शुक्रबारदेखि कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ । त्यही अभियानअन्तर्गत थापाले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा सुरु गरेका हुन् ।

संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने महामन्त्री थापाको सचिवालयले जनाएको छ । उनले संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने बताएका छन् । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्नेछ । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने योजना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
मिटरब्याज पीडितले रविलाई कारागारमै भेटे
मिटरब्याज पीडितले रविलाई कारागारमै भेटे
नयाँ हलमा मन्त्रिपरिषदको बैठक जारी
नयाँ हलमा मन्त्रिपरिषदको बैठक जारी
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
जेनेभा भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग
रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै