८ श्रावण २०८२, बुधबार

आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग वार्ता सुरु

 

३ असार, काठमाडौँ । विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ ।

हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो । आज बिहान साढे ९ बजेदेखिलाई बोलाइएको बैठक ढिला गरी सुरु भएको छ । पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ (डिजेल–पेट्रोल) को ढुवानी ठप्प छ ।

चालक संघले मजदुर विगतदेखि नै न्यून सेवा सुविधामा काम गरिरहेको जनाएको छ । ट्यांकर चालक मजदुरको समस्या समाधान गर्न आयल निगम, उद्योग वाणिज्य मन्त्रालय र सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरिए पनि बेवास्ता भएको संघका अध्यक्ष ईश्वर लामाले बताए ।

यस्ता छन् ढुवानीकर्ताका माग–

  • सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके बमोजिमको तलबको व्यवस्था गरिनुपर्ने
  • स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने
  • टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने
  • सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था गरिनुपर्ने
  • ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने
  • चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने
  • चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्बन्धित तालिमको व्यवस्थापन गरिनुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?