२६ जेष्ठ २०८२, आईतवार

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको पहिलो बैठक सुरू

 

काठमाडौं।

सहकारीको बचत ठगीसम्बन्धी छानबिन गर्न गठित समितिको पहिलो बैठक बुधबार बसेको छ। संघीय संसद भवनमा सभामुख देवराज घिमिरेसहित संसदीय छानबिन समितिका संयोजक र सदस्यहरूबीच बैठक बसेको सभामुखको सचिवालयले जनाएको छ।

संसदीय छानबिन समितिको संयोजकमा नेकपा (एमाले) का सांसद सूर्य थापा छन्। समिति सदस्यमा नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (एमाले) बाट सांसदहरू थापा र सरिता भुसाल छन् भने नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।

सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोग भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment