२६ जेष्ठ २०८२, आईतवार

सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु

 

१२ जेठ, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
6
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?