२४ घण्टामा विपद्का २४ घटना- एक जनाको मृ*त्यु, ११ घाइते
सारांश
- विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ।
- क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ।
बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ।

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५देखि आजसम्म मादक पदार्थ सेवन गरेका ६७७ जना र लागुऔषध सेवन गरी सवारी चलाएका २६ जना चालकलाई कारबाही गरेको छ। उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही भएको हो। रासस
सम्बन्धित खबर
प्रतिक्रिया