कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने
१० वैशाख, काठमाडौं। कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्।
दुई दिने राजकीय भ्रमणका लागि भोलि नेपाल आउन लागेका राजा थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। उनको स्वागतका लागि सरकारले भोलि सार्वजनिक बिदा समेत दिएको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्नेछन् । पौडेलले उनको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम तय भएको छ।उनी मंगलबार बेलुका काठमाडौं आइपुग्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment