२७ फाल्गुन २०८२, बुधबार

सकियो समानुपातिकतर्फको मतगणना

 

२७ फागुन,काठमाडौं ।

समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ । यस अनुसार रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने निश्चित भएको छ ।  यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ । यस अनुसार कांग्रेसले समानुपातिकबाट २० सिट थप्ने सम्भावना छ ।

प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट १४ लाख ५१ ह्जार ७५९ मत पाएको छ । यस अनुसार नेकपा एमालेले १६ सिट थप्ने निश्चित भएको छ ।

Post Comment

छुटाउनुभयो कि ?