२३ फाल्गुन २०८२, शनिबार

रास्वपा समर्थक भन्छन् : सोचेभन्दा फरक परिणाम आइरहेको छ

२२ फागुन,काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भएको मतदानको गणना जारी छ । शुक्रबार काठमाडौं ४ का रास्वपा उम्मेदवारका मतगणना प्रतिनिधि सुमित खरेलले रास्वपा जितको नजिक रहेको दाबी गरे । उनले सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाले प्रत्येक ठाउँबाट ५५ प्रतिशत भन्दा बढी मत प्राप्त गरेकाले रास्वपाका उम्मेदवार जित नजिक रहेको दाबी गरे ।

खरेलले ठुलो संर्घष र राष्ट्रिय राजनीतिका आयामले गर्दा मुस्किलले विजय हुने अनुमान गरेपनि सोचेभन्दा फरक पाएको उल्लेख गरे । अब रास्वपाले संसदमा प्रस्तुती र स्थानीय जनताले राखेको अपेक्षा, नागरिकका समस्या, वर्षौदेखि रोकिएको खानेपानी जस्ता समस्या मिलेर समाधान गर्नुपर्ने बताए । उक्त क्षेत्रमा कांग्रेसबाट सचिन तिमल्सेना, नेकपा एमालेबाट डा.राजन भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट पुकार बम, नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाल र अन्य उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।

Post Comment

छुटाउनुभयो कि ?