७ फाल्गुन २०८२, बिहीबार

सर्लाहीमा जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार

दोषीलाई कारबाही नगरे आन्दोलनमा उत्रिने जसपा नेपालको चेतावनी

फागुन ७, सर्लाही। जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. जेपी यादवमाथि बागमतीमा भएको दुर्व्यवहारको घटनाको विरोध गरेको छ।

बिहीबार मलंगवामा पत्रकार सम्मेलन गर्दै डा. यादवले मतदातासँगको भेटघाटका क्रममा आफूमाथि दुर्व्यवहार भएको बताएका हुन्। उनले मधेशी समुदायमाथि हुने कुनै पनि प्रकारको विभेद सह्य नहुने भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न माग गरे।

जिल्ला अध्यक्ष रन्धिर यादवले चुनावी अभियानका क्रममा उम्मेदवारमाथि भएको व्यवहार निन्दनीय रहेको बताए। कारबाहीमा ढिलासुस्ती भए आन्दोलनमा उत्रिने चेतावनी दिँदै उनले शान्तिपूर्ण र भयमुक्त निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाउन प्रशासनसँग आग्रह गरे।

Post Comment

छुटाउनुभयो कि ?