२३ माघ २०८२, बिहीबार

सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट

 

२२ माघ, सर्लाही । लालबन्दी बजार क्षेत्रमा रहेको एक लघुवित्त वित्तीय संस्थामा बिहीबार दिउँसो लुटपाट भएको छ। दिउँसोको व्यस्त समयमा ५–६ जनाको समूह अचानक संस्थाभित्र प्रवेश गरी लुटपाट मच्चाएपछि केही समय लालबन्दी क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो।

इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर वीरेन्द्र सिंह जोखारीका अनुसार, अज्ञात समूहले कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेको हो। लुटपाटका क्रममा समूहले कर्मचारीमाथि छुरा प्रहारसमेत गरेको र त्यसबाट केही कर्मचारी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

लुटेराहरूले कर्मचारीलाई कोठाभित्र बन्द गरेर नगद तथा कागजात लुटपाट गरी फरार भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। घटनापछि स्थानीयवासी र व्यवसायीबीच केही समय अफरातफरीको अवस्था देखिएको थियो।

Post Comment

छुटाउनुभयो कि ?