निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी
२१ माघ, बागलुङ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचनको मुखमा प्रयोगमा आइरहेका ११५ थान भरुवा बन्दुक बरामद गर्यो । फागुन २१ गते हुँने प्रतिनिधिसभा निर्वाचनलाई भएरहित बनाउन भरुवा बन्दुक बरामद गरेर आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको प्रहरी बन्दुक धारी सम्म पुग्न सकेन । बन्दुक धनी सम्म पुग्न नसकेको प्रहरीले कसरी बरामद गर्यो यति ठूलो परिमाणमा हतियार भन्ने प्रश्नमा प्रहरीले जंगल, गोठ र ओढारमा लुकाएर राखिएको अवस्थमा बन्दुक फेला परेको जनाएको छ । निर्वाचनलक्षित सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीले ठूलो मात्रमा अवैद्य हतियार बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो ४५ दिनमा ११५ थान अवैद्य भरुवा बन्दुक बरामद गरेको बागलुङका प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिए । ‘बन्दुक सहित मानिस पक्राउ परे जेल र नगद जरिवाना भएकाले अवैद्य बन्दुक साथमा नराखेको देखिन्छ, उनिहरुले बन्यजन्तुको चोरी शिकारीमा प्रयोग गर्ने र उतै लुकाएर आउने गर्ने गरेको पाइयो’ प्रहरी उपरिक्षक भारतीले भने, ‘प्रहरीले बन्दुक खोजिरहेको सुचना पाउदासाथ बन्दुकलाई ओढारमा लगेर राख्ने गरेको समेत पाइयो, जरिवाना र कैदबाट बच्न बन्दुकलाई बेबारिसे बनाएर राख्ने गरेको अनुसन्धानले देखाउँछ ।’ आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले जनाए ।





Post Comment