आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
११ माघ, काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन २ हजार ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।




Post Comment