दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
८ माघ, काठमाडौं ।
नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको दोस्रो टी– २० अभ्यास खेलमा पनि हार व्यहोरेको छ ।नेपालले बिहीबार सम्पन्न खेल ७३ रनले गुमायो । श्रीलंकाले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४९ मात्रै बनायो । नेपालका लगि करण केसीले अविजित ४१, लोकेश बमले २५, कप्तान रोहितकुमार पौडेलले १८, गुल्शनकुमार झाले १७ र सोमपाल कामीले १७ रन बनाए ।

श्रीलंकाका लागि नुवान तुसाराले ३, चमिका करुणारत्ने र मादी हेमन्थले २–२ तथा ट्राभिन म्याथ्यु, दुलाज समुदिथा र गरुका संकेथले १–१ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका लागि लाहिरु उदाराले ९३, साहन अरचिगेले अविजित ५५, लासिथ क्रुस्पुलले ५३ र निरोशन डिकवेलाले १३ रन बनाए । नेपालका लागि कुशल भुर्तेल र नन्दन यादवले २–२ तथा करण केसीले १ विकेट लिए । पहिलो खेलमा नेपाल ६विकेटले पराजित भएको थियो । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाल र श्रीलंका ‘ए’ बीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुने छ ।




Post Comment