२३ माघ २०८२, बिहीबार

१८ वर्ष पछि मलंगवा जुनियर जेसीजको नेतृत्वमा महिला

७ माध, सर्लाही ।

मलंगवा जुनियर जेसीजको वर्ष २०२६ का लागि नेतृत्व चयन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । आपसी समझदारी, एकता र सहकार्यका आधारमा सबै पदका पदाधिकारीहरू निर्विरोध चयन भएका हुन् ।

नवगठित कार्यसमितिको अध्यक्षमा जु. जेसी रितिका मिश्र चयन हुनुभएको छ । त्यसैगरी कार्यकारी उपाध्यक्षमा जु. जेसी कृष्ण मोहन सिंह र जु.जेसी शिवम साह चयन भएका छन् ।उपाध्यक्ष पदमा जु.जेसी आदर्श यादव, जु.जेसी अपूर्व रंजितकार, जु. जेसी खुशी झा तथा जु.जेसी जुली कर्ण चयन भएका छन् ।

करिब १८ वर्षपछि मलंगवा जुनियर जेसीजले महिला नेतृत्व पाउनु संगठनका लागि ऐतिहासिक तथा महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले युवा नेतृत्वमा समावेशिता, लैंगिक समानता तथा सशक्तिकरणलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?