मलंगवा जेसिजमा नयाँ नेतृत्व
मलंगवा, ०४ माघ ।
मलंगवा जेसिजले सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ । शनिवार सुवेश सागर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । नवगठित कार्यसमितिको कार्यकारी उपाध्यक्षमा बिमलेश यादव र प्रिन्स गुप्ता चयन भएका छन् । यस्तै, उपाध्यक्ष पदमा मनिष जयसवाल, सुभास गुप्ता, अभिनाश श्रेष्ठ तथा सरोज चौधरी रहेका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले युवाको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी कार्यकालमा प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेसिजले स्थानीय तहमा सकारात्मक परिवर्तनका लागि भूमिका खेल्दै आएको उल्लेख गरे। जिल्लाको मलंगवा नगरपालिकामा सक्रिय युवाहरूको पहलमा सन् १९८० देखि यस संस्थाको शाखा विस्तार गर्ने प्रयास सुरु भएको जेसिजले जनाएको छ । जेसिजमा एक वर्षे कार्यकालको व्यवस्था रहेअनुसार गत वर्ष प्रविण गुप्ताको अध्यक्षतामा कार्यसमिति गठन भएको थियो । कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष, सदस्य तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।




Post Comment