२३ माघ २०८२, बिहीबार

राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस

 

५ पुष, झापा ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन फागुन २१ मा हुने  प्रतिनिधिसभाको निर्वाचनका लागि झापा-३ बाट एकल सिफारिस भएका छन् । राप्रपाको झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको विस्तारित बैठकले लिङदेनको नाम एकल सिफारिस गरेको हो ।

हल्दिबारी स्थायी घर भएका लिङ्देन २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । उनले २०७४ सालको निर्वाचनमा पनि सिटौलालाई नै पराजित गरेका थिए । त्यसअघि २०७० सालको निर्वाचनमा भने सिटौलाले लिङ्देनलाई पराजित गरेका थिए ।

Post Comment

छुटाउनुभयो कि ?