मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
४ पुस, जनकपुरधाम ।
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका हुन् । सत्तापक्षीय सम्पूर्ण दल र प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका दलले यादवलाई विश्वासका मत दिएका छन् ।

उपसभामुखको आसनमा बसेर सभा सञ्चालन गरेकी उपसभामुख बबिता राउत इशरले यादवले विश्वासको मत पाएको घोषणा गरिन् । प्रतिपक्षी एमाले बाहेक सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिएका छन् ।




Post Comment