मतदानअघि एकसाथै देखिए ओली र पोखरेल
१ पुस, काठमाडौं ।
नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदानअघि अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल एकैसाथ देखिएका छन् । भृकुटीमण्डपस्थित महाधिवेशनको बन्दसत्र हलमा ओली र पोखरेलसहितका नेता सँगै देखिएका हुन् । मतदान सुरु हुनुअघि दुवै गम्भीर मुद्रामा देखिएका छन् । नयाँ केन्द्रीय कमिटी चयनका लागि ओली र पोखरेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । ओली पक्षमा महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ भने पोखरेल पक्षले सुरेन्द्र पाण्डेलाई अघि सारेको छ । एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ ।





Post Comment