१८ अंकले बढ्यो सेयरबजार, कतिको कारोबार?
१ पुस, काठमाडौं ।
सेयरबजारमा १८.३७ अंकको सुधार आएको छ। नेप्से उक्त अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको हो। योसँगै बजारमा ३ अर्ब २९ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ७८ लाख कित्ता बिक्रीमा उक्त कारोबार भएको हो। मंगलबार १८७ वटा सेयरको मूल्य बढ्दा ६१ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

आज पनि स्वस्तिक लघुवित्तका सेयरधनीले प्रतिकित्ता २३२.७० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक नारायणी डेभलपमेन्ट बैंक, एसवाई प्यानल, वाराही हाइड्रोपावर र लुम्बिनी विकास बैंकको पनि सेयर क्रमशः ९.९९, ९.९८, ७.०४ र ५.८१ प्रतिशतले सेयर बढेको छ। श्वेत गंगा हाइड्रो, बोटलर्स नेपाललगायतको सेयर भने ४.१६ प्रतिशतसम्मले घटेको नेप्सेले उल्लेख गरेको छ। आज ङादी ग्रुप पावरको १९ करोड र लुम्बिनी विकास बैंकको १० करोडको सर्वाधिक कारोबार भएको छ।




Post Comment