२३ माघ २०८२, बिहीबार

नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय परिवर्तन

 

२६ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज (शुक्रबार) चार नयाँ मन्त्री थपिने भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको मन्त्रालय फेरिने भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतले  दिएको जानकारीअनुसार आज कुमार इङनामलाई भूमिमन्त्री बनाउने भएकाले सिन्हाको मन्त्रालय परिवर्तन गरिने भएको हो।

सट्टामा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइनेछ।  आज भूमिमन्त्री इङनामसँगै माधव चौलागाईँलाई वन तथा वातावरण मन्त्री, राजेन्द्रसिंह भण्डारीलाई  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको शपथ खुवाउन लागिएको हो।

Post Comment

छुटाउनुभयो कि ?