२३ माघ २०८२, बिहीबार

मिराज ढुंगाना र जितेन्द्र महतो सिंहदरबारबाट पक्राउ

 

२५ मंसिर, काठमाडौं । 

मिराज ढुंगाना र जितेन्द्रकुमार महतो पक्राउ परेका छन्। उनीहरू सरकार र जेनजीबीचको सम्झौताविरुद्ध सिंहदरबार गेटमा प्रदर्शन गर्न पुगेका थिए। जेनजी आन्दोलन संस्थागत गर्न भएको सम्झौता चित्त बुझ्दो नभएउको भन्दै सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको हो।

मिराज र जितेन्द्रले यसअघि सम्झौतामा असमर्थन रहेको विज्ञप्ति जारी गरेका थिए।‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको छ।

Post Comment

छुटाउनुभयो कि ?