संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
२१ मंसिर, काठमाडौँ ।
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि नेपाली काँग्रेसले पनि सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। काँग्रेसकी पूर्वसचेतक सुशीला थिङले आफूहरूको तर्फबाट अधिवक्ताहरूले रिट निवेदन सर्वोच्चमा बुझाउने बताइन्। ‘हामीले वारेसमा वकिललाई जिम्मा दिएका छौँ,’ उनले भनिन्,‘आज उहाँहरूले सर्वोच्चमा रिट निवेदन बुझाउनुभयो। दर्ता भोलि हुन्छ।’
काँग्रेसका पूर्वप्रमुख सचेतक श्याम घिमिरे र सचेतक थिङसहित पूर्वसांसदहरू निवेदक रहेको रिट पूर्वमहान्यायाधिवक्ता खम्म खातीले सोमबार दर्ता गराउने तयारी छ। यसअघि गत ९ मंसिरमा नेकपा एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराइसकेको छ।





Post Comment