श्रेष्ठले नेपाली सेनामा नेतृत्वदायी पदहरूमा बसेर काम गरेका छन् । नेपाली सेनामा ३६ वर्षदेखि सेवा गर्दै आएका श्रेष्ठ दक्षिण सुडानमा सेक्टर पूर्वका लागि सेक्टर कमान्डर भएर समेत काम गरिरहेका छन् । उनले सुदूरपश्चिम पृतनापति, रम्भार रथी भएर पनि काम गरेका छन् । वीरेन्द्र सैनिक अस्पतालको प्रशासनिक रजिस्ट्रार, नेपाली सेना मुख्यालयमा नीति तथा योजना निर्देशक भएर काम गरिसकेका छन् ।
श्रेष्ठले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडीजबाट सैन्य विज्ञान र रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट अर्थशास्त्रमा स्नातकोत्तर र मानविकी तथा सामाजिक विज्ञानमा स्नातक डिग्री पनि हासिल गरेका छन् । २५ असोजदेखि बलाधिकृत रथी निर्मलकुमार थापा अवकाशमा गएका थिए । रथीको ५८ वर्षे उमेर हदका कारण थापा अवकाश भएपछि श्रेष्ठ रथीमा बढुवा भएका थिए । थापा पनि लामो समय यूएनकै फोर्स कमान्डर थिए । श्रेष्ठ यूएनको फोर्स कमान्डर बन्ने ८ औं नेपाली सैनिक हुन् ।
Post Comment