२६ जेष्ठ २०८२, आईतवार

मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, पहिलो खेलमा पुलिस क्लब विजयी

१४ माघ, महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत खेल सुरु भएको छ ।

लिग चरणको पहिलो खेल नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच सुरु भएको छ । परराष्ट्र मन्त्री एनपी साउँदले प्रतियोगिता उद्घाटन गर्ने छन् । उद्घाटन समारोहमा मन्त्रीसहित जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था, खेलाडी सहभागी हुने कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले बताए । उद्घाटन समारोहमा सुदूरपश्चिमको सँस्कृति झल्किने विभिन्न झाँक सहित नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ । सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको सहकार्य तथा व्यवस्थापनमा गरेको प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशका गरी १० टीम सहभागी भएका छन् प्रतियोगिता माघ २० गते समापन हुनेछ ।

आजदेखि शुरू भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीमाथि पुलिसले एकतर्फी जित निकालेको हो । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल सङ्घको समन्वय व्यवस्थापनमा शुरू भएको प्रतियोगितामा पहिलो दिन चार खेल हुने कञ्चनपुर भलिबल सङ्घका सचिव उत्तम विष्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?