९ चैत्र २०८२, सोमबार

सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी

२३ कात्तिक, काठमाडौं ।

नेकपाएमाले निकट राष्ट्रिय युवा संघका नेताहरुले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरुसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् । राष्ट्रिय युवासंघकाअध्यक्षक्षितिज थेबेलेयतिवेलायुवा संघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको सुनाए । अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रितअभियानहरू पनि सँगै लिएर अगाडि बढ्ने पनिबताए ।

एमालेका ऐजेण्डाहरु अनुसार देश बचाउनकालागिआफूहरु केन्द्रीत रहेको बताए । उनले देश जलाउनेहरूलाईआफुहरु नसमेट्ने पनिबताए । ‘युवा संघसँग धेरै एजेन्डाहरु छन् । तर देशको वर्तमान परिस्थितिलाईसमीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्दैछौं । पार्टीको महाधिवेशन केन्द्रितअभियानहरू लिएर अगाडि बढिरहेका छौं । एमालेले देश बचाउनेको रक्षा गरेर हिडेको छ र देश बचाउनेको नेतृत्वगरेको छ । देश जलाउनेहरूलाई हामी समेट्नेवाला छैनौँ। देश बचाउने सम्पूर्ण जेन्जीहरूलाई समेटेर अभियानलिएर अगाडि बढेका छौँ,’ उनले भने । उनले ४६ साल पछिको राजनीतिक परिवर्तनपछि महत्त्वपूर्ण जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले ०४६ सालपछिको सम्पत्ति छानबिन गर्न एमाले सधैँ तयार रहेको बताए ।

अध्यक्ष थेबेले देश साँच्चै बनाउने हो भने ०४६ पछिको सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले भ्रष्टचार विरुद्धको नारा सबैभन्दापहिलाएमालेले उठाएको भन्दै जेनजीको मागपनि आफुहरुबाटै उठ्न सुरु गरेको दावी गरे । उनले लुसिफर दलालहरूलेदेश खरानीबनाउने प्रयत्न गरेको बताए । भदौ २४ गते देश बचेको भएपनि त्यसपछि पनिआन्दोलन लम्बाएर देश जलाउने प्रयत्नभएको बताए । त्यस्तै नेकपाएमालेका केद्रीय सदस्य राजिवपहारीले एमालेले संसद पुनःस्थापनाको निम्तिआन्दोलनलाई अगाडि बढाउने जनदबाबसिर्जना गर्ने बताए । ‘अहिले नेकपाएमालेले संसदको पुनःस्थापनाको निम्तिआन्दोलनलाई र जनदबाबलाई अगाडि बढाउने र पार्टीलाई पुनःव्यवस्थित गर्नको निम्तिमहाधिवेशनलाई अगाडि लैजाने सोचमा छ ।

योजनामा छ । त्यही ढंगबाट अगाडि बढेका छौँ,’ उनले भने । त्यस्तै राष्ट्रिय युवासंघकाप्रवक्तानिरोज पौडेलले बालेन शाह र सुदन गुरुङ्गले नै सिंहदरबारदेखि नेपालको सार्वजनिकसम्पत्तिजलाएर नाश गरेको आरोप लगाए । बालेन र सुदनलाई वर्तमान सरकारले कारवाहीनगरेतापनिभोलिको दिनमाआउने दलीय सरकारले नछाड्ने चेतावनीदिए । ‘हामीले खुल्लमखुल्लाभनिरहेका छौँ–बालेन, सुदनहरूले नै सिंहदरबार, संसद भवनराष्ट्रपति कार्यालयजलाएकाहुन् । यिनीहरूलाई आजसरकारले त कारबाहीगर्दैन् । तर भोलिको दिनमादलीय सरकारले कारवाही गर्छ नै । यदीचुनावभयो भने दलै आउने हो। त्यसबेलाउनीहरु कहीं भाग्न सक्दैनन् ।’ उनले यतिबेलाबालेन र सुदनखुल्ला रुपमा हिँडेपनिभोलिकादिनमाकानूनी कठघरामाउभ्याएरै चेतावनीदिए ।

Post Comment

छुटाउनुभयो कि ?