निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १, २०८२
|
|
१९ पटक हेरिएको
Shares
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् ।
  • बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
  • निवर्तमान प्रधानमन्त्री ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधनका क्रममा आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।

१ कात्तिक, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् । बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । निवर्तमान प्रधानमन्त्री ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधनका क्रममा आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए । ‘एमालेको भूमिकाबारे एकछिन छलफल भयो,’ शीतलनिवासमा भएको छलफलमा सहभागी एक अगुवाले भने, ‘राष्ट्रपतिज्यू एमालेको हिजोको निर्णयबाट असन्तुष्ट हुनुहुन्थ्यो ।

’ छलफलमा सहभागी अर्का अगुवाले पनि एमालेको पछिल्लो निर्णयप्रति राष्ट्रपति पौडेलले असन्तुष्टि व्यक्त गरेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओलीबाहेकका नेताहरूले राष्ट्रपतिसँगको भेटमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी आफूहरूलाई दिइएको ती अगुवाले बताए । ‘एमाले अध्यक्षबाहेकका नेताहरूसँग राष्ट्रपतिले भेट्नुभएको रहेछ । उहाँहरूले निर्वाचनमै जानुपर्छ भएको रहेछ,’ ती अगुवाले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने । राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पनि छलफलका क्रममा बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
धरहराबाट एनपीएलको ट्रफी अनावरण
धरहराबाट एनपीएलको ट्रफी अनावरण
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
मंगलबार विदेशी मुद्राको विनिमयदर कति?
मंगलबार विदेशी मुद्राको विनिमयदर कति?
आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति
आफूले आर्जन गरेको ज्ञान र सीप जनताको हितमा समर्पित गरौँ : राष्ट्रपति
डढेलोले एक सय हेक्टर वन नष्ट
डढेलोले एक सय हेक्टर वन नष्ट
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप