मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
१ कात्तिक, रुकुमपूर्व ।
रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतको रानिकोट-किटनी सडकखण्ड १९ दिनभित्र बाँकी रहेको निर्माण कार्यलाई सम्पन्न गर्ने भन्दै यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अुनसार तोकिएको अवधिभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।





Post Comment