हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात
२८ असोज, काठमाडौं ।
दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ । nनिर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ । त्यसमध्ये साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीसँग थप कागजात मागिएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ मा दल दर्ताका लागि के कस्ता कागजात चाहिने भन्ने व्यवस्था छ । जसअनुसार दलको विधान, झन्डा, चिह्नको नमुना दल दर्ताको निवेदनसँगै बुझाउनुपर्छ । दल दर्ताको निवेदनको साथमा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर बुझाउनुपर्छ ।





Post Comment