११ चैत्र २०८२, बुधबार

झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताकाे उच्च सुरक्षासहित कार्यक्रमस्थल पुगे ओली

२३ असोज, काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी र्शमा ओली झण्डै एक घण्टापछि प्रहरी र कार्यकर्ताको उच्च सुरक्षा निगरानीमा कार्यक्रमस्थल पुगेका छन् । भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्ने जानकारी दिइएको छ । कार्यक्रम ११ बजे सुरु हुने भनिए पनि झण्डै एक घण्टा ढिला सुरु भएको छ । कार्यक्रममा नेताहरू महेश बस्नेत, राजन भट्टराई र भानुभक्त ढकालले सम्बोधन गरिसकेपछि अ‍ोली कार्यक्रमस्थलमा पत्नी राधिका शाक्यसहित पुगेका हुन् । उनी पुगेगलत्तै महासचिव शंकर पोखरेलले सम्बोधन गर्न थालेका छन् ।

कार्यक्रमस्थलमा सानो मञ्च बनाइएको छ । उक्त मञ्चमा दुईवटा आरामदायी कुसी राखिएको छ । छेउको काठको कुर्सीमा नेता बस्नेतलाई राखिएको छ । ठूला दुई कुर्सीमध्ये एउटामा महासचिव पोखरेल बसेका थिए भने अर्को अध्यक्ष ओलीका लागि खाली राखिएको थियो । अहिले ओली पत्नी शाक्य पुगेपछि भने पोखरेल काठको कुर्सीमा सरेका थिए । बस्नेत पछाडिको कुर्सीमा गएका छन् । यता, सम्बोधन गरिरहेका पोखरेलको कुर्सीमा उपमहासचिव प्रदीप ज्ञवाली बसेका छन् ।

Post Comment

छुटाउनुभयो कि ?