जेन–जी आन्दोलनमा प्रहरीको गोली लागी ज्यान गुमाएका सर्लाहीका सुवेदीको परिवारले पाए राहत
सर्लाही —जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका – ५ निवासी देवकुमार सुवेदीका परिवारले सरकारबाट उपलब्ध राहत रकम पाएका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार नेपाल सरकारबाट विनियोजन भएको राहत रकम सुवेदीकी पत्नी पार्वती अधिकारीलाई १५ लाख रुपैयाँ आइतबार प्रदान गरिएको हो।
यो रकम मन्त्रिपरिषद् बैठकको निर्णयअनुरूप मृतकका परिवारका लागि गृह मन्त्रालयबाट प्राप्त भएको थियो, जसमा १० लाख रुपैयाँ क्षतिपूर्ति र ५ लाख रुपैयाँ खर्च गरी कुल १५ लाख समावेश छ।
जेन-जी आन्दोलनका क्रममा काठमाडौंको कालिमाटी क्षेत्रमा प्रदर्शन चर्किरहेको बेला प्रहरीले चलाएको गोली सिधै सुवेदीको पेटमा लागेको थियो। गोली लागेर गम्भीर घाइते भएका सुवेदीको उपचारको क्रममा भदौ २५ गते बिहान निधन भएको थियो।






Post Comment