चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प
११ असोज, काठमाडौं ।
चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ । सीसीटीभी क्यामेरामा कैद दृश्यमा घरभित्रको छतको बत्ती र विभिन्न पोखरीहरुमा भएका माछा जोडले हल्लिएको देखिन्छ । स्थानीय आवासीय क्षेत्रमा केही घर भत्किएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ । अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ जाँदै गरेका देखिन्छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले मलबा हटाउने र उद्धार कार्य सुरु गरेका छन् । क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन । उद्धार तथा राहत कार्य भने निरन्तर जारी छ । सीसीटीभी

Related posts:
राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल
नियमित उडान नभएको भन्दै जुम्लामा नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको अ...
एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ



Post Comment