जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता
४ असोज, हुम्ला ।
हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौंमा भदौ २४ मा भएको जेन-जी आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौंको तीनचुलीमा बस्दै आएका थुक्तेन ११ दिनदेखि बेपत्ता भएका हुन् । गत भदौ २३ गते जेन-जी प्रदर्शनमा सहभागी भएर लामा कोठा फिर्ता भएको बुबा टसी छिरिङले बताए ।

होटेलमा काम गर्दै आएका लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठामा आएर प्रदर्शनमा गएका थिए । पछिल्लो दिनको जेन–जी प्रदर्शनमा गएको दिनदेखि लामा कोठा फिर्ता नभएको बुबा टसी छिरिङले बताए । एघार दिनसम्म काठमाडौंका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको बताइएको छ । बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताए । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उनले आग्रह गरे । उनका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।





Post Comment