धरानका जेनजी आन्दोलनका सहिद परिवारलाई उपमहानगरले पाँच लाख राहत दिने
२ असोज, विराटनगर ।
सुनसरीको धरान उपमहानगरपालिकाले आफ्नो पालिकाका जेनजी आन्दोलनका सहिद परिवारलाई राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले सहयोग गर्ने निर्णय पारित गरेको हो ।

मेयर हर्क साम्पाङले परिवारको सदस्यको नाममा पाँच लाख रुपैयाँ बचत राखिदिने प्रस्ताव पारित भएको जानकारी दिए । धरानका साजन मेवाहांग राईको जेनजी आन्दोलनमा मृत्यु भएको थियो ।




Post Comment