१६ मंसिर २०८२, सोमबार

सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार

२ असोज, काठमाडौं ।

सेयरबजारमा उच्च गिरावट आएको छ।  योसँगै खुलेको केही समयमै बजारमा कारोबार रोकिएको छ।  बजार ५ प्रतिशतले घटेको हो। २३ मिनेटमै १३३.६१ अंकले बजार ओरालो लागेको हो।

२३ र २४ को प्रदर्शनपछि बजारमा कारोबार हुनसकेको थिएन। तर अवस्था सामान्य भएपछि खुलेको बजारमा उच्च अंकले गिरावट आएको हो।  बिहीबार खुलेको दोस्रो मिनेटमा ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि २२ मिनेटमा खुले पनि ५ प्रतिशतले गिरावट आएसँगै अब ४० मिनेटका लागि बन्द भएको छ।

Post Comment

छुटाउनुभयो कि ?