राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
२४ भदौ, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्केको सुरक्षा स्रोतले पुष्टि गरेको छ । अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ ।

भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु पौडेलसहित अधिकांश मन्त्रीहरू सेनाकै सुरक्षामा छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादम्पती भने घरमै रहेकाले आगजनीका कारण निस्कन नसकेपछि आन्दोलनकारीको आक्रमणमा परेको सेनाले जनाएको छ । परिस्थितिको विश्लेषण गरेर सुरक्षाका थप कदम चालिने सैनिक प्रवक्ताले बताएका छन् ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment