गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
२४ भदौ, काठमाडौं ।
गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । मंगलबार (भदौ २४) उनले राजीनामाको घोषणा गरेका हुन् । जेनजी’ पुस्ताको प्रदर्शनमा केन्द्र सरकारले दमन गरेको र १९ जनाको मृत्यु भएको उनले उल्लेख गरेका छन् ।
उनी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का तर्फबाट मन्त्री बनेका हुन् । मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका छन् । उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment