२६ भाद्र २०८२, बिहीबार

सुक्खा पहिरोले अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन

१४ भदौ, काठमाडौं ।  

धादिङमा पहिरो गएर अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडमा माथिबाट सुक्खा पहिरो गएपछि बिहानदेखि सडक अवरुद्ध भएको थियो । उक्त पहिरोको केही भाग हटाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीको टोली पहिरो खसेको ठाउँमा बिहानैदेखि खटिएको छ । अवरुद्ध सडक एकतर्फी खुलेपछि यातायातका साधन  गन्तव्यतिर लागेका छन् । तर, बिहानैदेखि सडक अवरुद्ध भएकोले जाम लागेको छ । पहिरो ठूलो भएकोले सडक दुईतर्फी सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Previous post

प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

Next post

पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत

Post Comment