प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला
काठमाडौँ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा लिपुलेकका विषयमा सम्झाउन नबिर्सिन अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै लिपुलेक क्षेत्र नेपालको भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला।’ प्रधानमन्त्री ओली आजै चीन प्रस्थान गरेका छन्।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment